चर्चित कार्टुन ‘टम एन्ड जेरी’ र ‘पोपआई’ का निर्देशक जिन डिचको निधन

नौलो समाचार संवाददाता
२०७७ बैशाख १०, बुधबार मा प्रकाशित १२२८ पटक पढिएको
चर्चित कार्टुन ‘टम एन्ड जेरी’ र ‘पोपआई’ का निर्देशक जिन डिचको निधन

बैशाख १०, एजेन्सी । सन् १९८०–९० मा निर्मित ‘टम एन्ड जेरी’ र ‘पोपआई’का एनिमेटर तथा निर्देशक जिन डिचको निधन भएको छ । यी कार्टुन चलिचत्र बालदेखि युवासम्म अत्यन्त लोकप्रिय बनेका छन् ।

९५ वर्षीय डिचको प्रागस्थित आफ्नै निवासमा निधन भएको हो । उमेर बढेसँगै विभिन्न स्वास्थ्य समस्याबाट जुधिरहेका उनको निधनको कारण भने बताइएको छैन ।

१९६० मा एनिमेटेट लघु चलचित्र ‘मुनरो’बाट ओस्कर अर्वाड जितेका र त्यसपछि पनि २ पटक ओस्करमा मनोनित भएका डिच एनिमेसन क्षेत्रका दिग्गज कलाकार हुन् ।

‘टम एन्ड जेरी’, ‘पोपआई’ लगायत उनले ‘टोम टैरिफिक’ सिरिज र ‘सिडनिज फ्यामिली ट्रि’ पनि बनाएका थिए ।

– (नवभारत टाइम्स)

प्रतिक्रिया दिनुहोस