बागमती सरकारद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नौलो समाचार संवाददाता
२०७७ बैशाख १६, मंगलबार मा प्रकाशित ३५३ पटक पढिएको

बागमती सरकारद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बैशाख १६, काभ्रे । वागमती प्रदेश सरकारले प्रदेश भित्रका पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिड–१९को महामारीको वेला अग्रपंक्तिमा रहेर बागमती प्रदेशमा कार्यरत पत्रकारका लागि स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री वितरण गरिएको हो।

नेपाल पत्रकार महासंघ प्रदेश समिति र उपत्यका समितिको संयोजनमा सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश सरकारले अाज १३ वटै जिल्लामा कार्यरत करीव पाँच सय पत्रकारका लागि माक्स, स्यानेटाइजर र पञ्जा बितरण गरेको छ ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, धादिङका अध्यक्ष नवराज छत्कुली, नुवाकोटका लागि प्रदेश समिति सदस्य रामहरि गजुरेल र रसुवाका अध्यक्ष हेमनाथ खतिवडालाई सम्बन्धित जिल्लाका पत्रकारका लागि नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष प्रताप बिष्टले ती सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की, रामेछापका अध्यक्ष रमेश ढुंगेल, दोलखाका लागि प्रदेश समितिका सदस्य बद्री नयाँघरे, काभ्रेपलाञ्चोकका अध्यक्ष मोतीराम तिमिल्सिना, सिन्धुपाल्चोकका अध्यक्ष महेश श्रेष्ठ, काठमाडौका अध्यक्ष शान्तराम बिडारी, भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेललाई सम्बन्धित जिल्लाका पत्रकारका लागि सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ प्रदेश समितिका उपाध्यक्ष यदु गौतम, महासचिव कृष्ण सारुमगर र उपत्यका समितिका महासचिव श्रीजन झाले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा मार्फत ती सामग्री सम्बन्धित जिल्लामा कार्यरत पत्रकारलाई हस्तान्तरण हुनेछ । क्यामरापर्सन र फोटो पत्रकार, टेलिभिजन, रेडियो, अनलाइन र पत्रिकामा काम गर्ने पत्रकारलाई प्राथमिकताका आधारमा ती सामाग्री वितरण गर्न नेपाल पत्रकार महासंघका जिल्ला शाखालाई अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस