के उत्तर कोरियाकी प्रथम महिला शासक बन्दैछिन् किम यो जोंग ? दाजुभन्दा खतरनाक मानिन्छिन्

नौलो समाचार संवाददाता
२०७७ बैशाख १८, बिहिबार मा प्रकाशित ४३५ पटक पढिएको

के उत्तर कोरियाकी प्रथम महिला शासक बन्दैछिन् किम यो जोंग ? दाजुभन्दा खतरनाक मानिन्छिन्

बैशाख १८, काठमाडौं। उत्तर कोरियाका शासक किम जोंग उनको खराब स्वास्थ्यको अड्कालबाजीका बीच उत्तर कोरियामा किमको उत्तराधिकारीको विषयमा अनुमान पनि गर्न थालिएको छ । अनुमान यो कुरामा बढी केन्द्रित छ कि यदि किमलाई केही भइहाल्यो भने उनको उत्तराधिकारी को हुनेछ ?

यस विषयमा तत्कालका लागि दुई नाम बढी चर्चामा छन् । यी दुईमध्ये एक किमकी बहिनी किम यो जोंग हुन् भने अर्की किमकी पत्नी री सोल जू हुन् । जानकारहरुका अनुसार यी दुईको नाम चर्चामा भए पनि पल्ला भने किमकी बहिनी किम यो जोंगको भारी छ । यदि यस्तो भएमा किम यो जोंग उत्तर कोरियाकी प्रथम महिला सर्वोच्च नेता हुनेछिन् ।

को हुन् किम यो जोंग ?

उत्तर कोरियाका दोस्रो सर्वोच्च नेता किम जोंग इलका ७ सन्तानमध्ये किम यो जोंग सबेभन्दा कान्छी हुन् । किम जोंग इलले ५ विवाह गरेका थिए । अहिलेका सर्वोच्च नेता किम जोंग उन र किम यो जोंग दुवै तेस्री पत्नीका सन्तान हुन् अर्थात यी दुवैकी आमा पनि एउटै हुन् । मातापिता दुवै एउटै भएकोले पनि यी दुवै सानैदेखि एक अर्काको निकै नजिक छन् ।

यही ११ अप्रिलमा किम जोंग उनले आफ्नी बहिनीलाई उत्तराधिकारी बनाउने संकेत गरेका थिए । त्यतिबेला उत्तर कोरियाको पोलिटब्यूरोको बैठकमा उनले आफ्नी बहिनीको नाम बैकल्पिक सदस्यको रुपमा तय गरेका थिए । बहिनीलाई पोलिटब्यूरोको वैकल्पिक सदस्य बनाउने घोषणा स्वयं किमले गरेका थिए । किम सार्वजनिक रुपमा देखिएको पछिल्लो दिन पनि त्यही थियो । त्यस दिनपछि किम सार्वजनिक रुपमा देखिएका छैनन् ।

किम जोंग उनकी छायाँजस्तै रहन्छिन् किम यो जोंग

सर्वोच्च नेता किम जोंग उन आफ्नो देशमा हुँदा किम यो जोंग उनको साथमा हुन्छिन् । जब उनी दक्षिण कोरिया जान्छन् त्यतिबेला पनि यो जोंग उनको अघिपछि नै हुन्छिन् । जब किम जोंगले सिंगापुरमा अमेरिकी राष्ट्रपतिलाई भेटेका थिए त्यतिबेला पनि यो जोंग उनको पछिपछि नै थिइन् । किम जोंगको साथमा जुनसुकै बेला छायाजस्तै रहने उनकी पत्नी री सोल नभइ उनकी बहिनी यो जोंग हुन् ।

किम जोंग कतिबेला, कहाँ कोसँग भेट्दैछन् भन्ने कुरा यो जोंगको अनुमति बिना तय हुँदैन । किम जोंगको हरेक बैठकको रुपरेखा यो जोंगले तयार गर्छिन् । जुन ठाउँमा किम जोंग जान सक्दैनन्, त्यहाँ उनको ठाउँमा यो जोंगले उत्तर कोरियाको प्रतिनिधित्व गर्छिन् । यहाँसम्म कि अमेरिकी राष्ट्रपतिसँग किम जोंगको बैठकका लागि पनि यो जोंगले महत्वपूर्ण भूमिका निभाएकी थिइन् । यिनै पक्षलाईका कारण किम यो जोंग उत्तर कोरियाकी प्रथम महिला सर्वोच्च नेता बन्ने अनुमान गरिएको छ ।

उत्तर कोरियाको सर्वोच्च नेताको कुर्सी र किम यो जोंगको बीचमा एउटा रोडा त्यतिबेला पनि हुनेछ किनकि उत्तर कोरिया अतित्वमा आएदेखि यो सार्वोच्च पदमा कुनै महिला पुगेका छैनन् । तर, उत्तर कोरियामा कहिले के हुन्छ भन्ने कुराको अनुमान गर्नै मुस्किल छ । अहिले अझै गम्भीर प्रश्न हो के किम यो जोंगको हातमा उत्तर कोरिया सुरक्षित रहन्छ ? के उत्तर कोरियाले बनाएका ६ परमाणु बमको स्विच किम यो जोंको हातमा गयो भने विश्व सुरक्षित रहन सक्छ ? यी प्रश्न उठ्नुको पछाडिको कारण हो – उत्तर कोरियामा किम यो जोंगलाई किम जोंग उनभन्दा खतरनाक, कडा र क्रुर मानिन्छ ।

खतरनाक र क्रुर

ब्रिटिश अखबार द मिररका अनुसार जानकारहरुले किम यो जोंग अत्यन्तै क्रुर भएको भन्दै चेतावनी दिएका छन् । भनिन्छ, किम यो जोंग पार्टीका नेताहरुलाई आफ्नो अगाडि सम्मान र डरका साथ पेश हुन आदेश दिन्छिन् । उत्तर कोरियाको मिडियाले सधैं उनको बारे उल्लेख गर्छ किनकि उनलाई भाइस डाइरेक्टरको पद नदिइएको भए पनि हैसियत भने त्यही हो ।

अर्गनाइजेशन एण्ड गाइडेन्स डिपार्टमेन्टमा किम यो जोंगको बद्दो कदले उनलाई वर्कर्स पार्टीका ब्युरोक्र्याटहरुको नजरमा नम्बर २ बनाएको छ । अर्गनाइजेशन एण्ड गाइडेन्स डिपार्टमेन्टमा उनले अहमियत पाउनु यो कुराको प्रमाण पनि हो कि कैयौं वर्षदेखि उनलाई यसको लागि तयार गरिँदै आइएको छ कि किम जोंग उनलाइ केही भयो भने यो जोंग उनको स्थान लिनको लागि तयार रहुन् ।

यद्यपि यो जोंगले सधैं आफ्ना दाजुको पछाडि रहेरै आफ्नो स्थान बनाएकी हुन् । उनले आफ्ना दाजुको अगाडि आएर कुनै किसिमको प्रतिस्पर्धा सृृजना गर्ने कोसिस गरिनन् । बरु विश्वको अगाडि दाजुको सकारातमक छवि बनाउने कोसिस पनि गरिन् । किम जोंगले पनि बहिनीको कदलाई बेलाबेलामा बढाएका छन् । किम यो जोंग उत्तर कोरियाका अहम रणनीतिक र कूटनैतिक मुद्दामा आफ्नो राय राख्ने गर्छिन् ।

किम यो जोंग कूटनैतिक रुपमा धारणा राख्न र स्पष्ट बोलेर अरुलाई प्रभावित पार्न पनि सक्षम छिन् । उत्तर कोरियाको लाइभ फायर मिलिट्री अभ्यासको दक्षिण कोरियाले विरोध गर्दा किम यो जोंगले भनेकी


प्रतिक्रिया दिनुहोस