नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा

नौलो समाचार संवाददाता
२०७७ बैशाख २२, सोमबार मा प्रकाशित ५९९ पटक पढिएको
नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा

बैशाख २२, काठमाडौँ । सांगीतिक रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट १० मा दिवेश पोख्रेल पुगेका छन्। अमेरिकन आइडलको लाइभ शोमा छानाैट भएर उनी उत्कृष्ट १० मा छानिएका हुन्। उनको सांगीतिक नाम आर्थर गन हो।

आइतबार साँझ उनले घरमा नै गीतार बजाएर ‘जोन डेन्भर’ को ‘टेक मि हाेम, कन्ट्री राेड्स’ बोलको गीत गाएका थिए। यो गीत पछि भोटिङ र प्रस्तुतिको आधारमा दिवेशलाई अर्को राउण्डमा लगिएको हो ।

अमेरिकन आइडलमा यति अगाडिसम्म पुग्ने उनी पहिलो नेपाली हुन्। प्रस्तुतिपछि उनको तारिफ भएको थियो। कार्यक्रम की निर्णायक गायिका केटी पेरीले दिवेशलाई भनिन्, ‘तिमीले मलाई हेर्यौ अर्थात् क्यामरालाई हेर्यौ।’

टप १० मा पुगेपछि उनले फेसबुकमार्फत आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस