जर्मनीमा पसल खोल्न इजाजत, फुटवल लिग सञ्चालन गर्न अनुमति

नौलो समाचार संवाददाता
२०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ६४२ पटक पढिएको

जर्मनीमा पसल खोल्न इजाजत, फुटवल लिग सञ्चालन गर्न अनुमति

बैशाख २५, काठमाडौं । कारोना भाइरसको संक्रमणको जोखिम रहिरहेको बेला जर्मनीमा पसल खोल्न इजाजत दिइएको छ । जर्मन चान्सलर एंगेला मर्केलले जर्मन सरकार कोरोना भाइरस संक्रमणको फैलावट कम गर्ने लक्ष प्राप्त गरिसकेको बताएकी छिन् ।

जर्मनीले सार्वजनिक स्थानमा गएर खाना खान, बृदाश्रममा रहेकासँग भेट्न, बच्चालाई स्कुल पठाउन अनुमति दिएको बीबीसीले जनाएको छ ।

जर्मनीले फुटवल लिग पुन : सुरु गर्न सक्ने संकेत दिएको छ । युरोपमा कोरोनाको संक्रमण देखिए पछि फुटवल लिग सुरु गर्न अनुमति दिइएको यो पहिलो पटक हो ।






प्रतिक्रिया दिनुहोस


↑