मृत्युको हल्लाबीच सार्वजनिक रुपमा देखिएका किम सक्कली कि नक्कली ?

नौलो समाचार संवाददाता
२०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ६८१ पटक पढिएको

मृत्युको हल्लाबीच सार्वजनिक रुपमा देखिएका किम सक्कली कि नक्कली ?

बैशाख २५, दिल्ली । मृत्युको हल्लाबीच २० दिनपछि सार्वजनिक रुपमा देखिएका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सक्कली हुन् कि नक्कलीरु भनेर सामाजिक सन्जालमा नयाँ बहस सुरु भएको छ।

इन्डिया टुडेका अनुसार अप्रिल १२ तारिखबाट सार्वजनिक रुपमा नदेखिएका किम उत्तर कोरियाका संस्थापक नेता तथा हजुरबा किम सङको नाममा अप्रिल १५ तारिखमा मनाइने उत्सवमा अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो।

मुटुको सर्जरीपछि किमको मृत्यु भएको, किम अचेत अवस्थामा भएको र उनको अवस्था निकै कमजोर बनेको जस्ता हल्ला चलेका थिए।

तर केहीदिन अगाडि एक फ्याक्ट्री उद्घाटन समारोहमा उपस्थित भएको तस्बिर सार्वजनिक गर्दै उत्तर कोरियाली सन्चारमाध्यमले किमको मृत्युको हल्ला अफवाह भएको जनाएको थियो।

यसबीचमा दक्षिण कोरियाले किमलाई केही नभएको र उनको मुटुको सर्जरी नै नभएको दाबी गरेको छ।

तर यतिबेला सामाजिक सन्जालमा हालै किमको सार्वजनिक भएको नयाँ तस्बिरहरु र उनका पहिलेका तस्बिर तुलना हुन थालेका छन्।

मानिसहरुले हालै देखिएका किम र पहिलेका किम फरक–फरक भएको आशंका व्यक्त गरेका छन्।

जेनिफर जेङले विभिन्न तस्बिरहरु सार्वजनिक गर्दै हालका किम नक्कली किम भएको बताएकी छिन्।

यस्तै बेलायत संसदका पूर्व सदस्य लुइस मेन्स्चले पनि तस्बिरहरुले हालका किम नक्कली नै भएको आशंका व्यक्त गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस