अमेरिकामा एकै दिनमा २४ सय ४८ जनाको मृत्यु, विश्वभर ३९ लाख भन्दा बढी संक्रमित

नौलो समाचार संवाददाता
२०७७ बैशाख २६, शुक्रबार मा प्रकाशित ८१६ पटक पढिएको

अमेरिकामा एकै दिनमा २४ सय ४८ जनाको मृत्यु, विश्वभर ३९ लाख भन्दा बढी संक्रमित

बैशाख २६, वाशिंटन। विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म ३९ लाख १६ हजार ३३८ जना संक्रमित भएका छन्। विश्वभर दुई लाख ७० हजार ७ सय ११ जनाको मृत्यु भएको छ भने १३ लाख ४३ हजार ५४ जना उपचारपछि निको भएका छन्।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म ७६ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ। अमेरिकामा एकै दिनमा २ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ। उता इटलीमा पछिल्लो २४ घण्टामा २ सय ४७ जनाको मृत्यु भएको छ। इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नजिक पुगेको छ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै १२ लाख ९२ हजार ६२३ जना अमेरिकामा संक्रमित भएका छन्। अमेरिकामा उपचारपछि २ लाख १७ हजार २५० जना उपचारपछि ठिक भएका छन्।

उता आफ्ना सैन्य सहयोगीमा कोरोना पोजेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार प्रत्येक उनको कोरोना परीक्षण गर्ने गरिएको बताएका थिए। उनले संक्रमित सैन्य सहयोगी आफ्नो सम्पर्कमा कमै आउने गरेको बताएका थिए।

सैन्य सहयोगीमा कोरोना पोजेटिभ आएपछि राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेम्सको पनि टेस्ट गरिएको थियो, उनीहरु दुवैको टेस्ट नेगेटिभ आएको छ।
ट्रम्पले बिहीबार पनि कोरोना भाइरस चीनको वुहानको ल्याबबाट आएको बताएका थिए।

यसअघि अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले पनि वुहानको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण रहेको दाबी गरका थिए। रुसमा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। रुसमा हालसम्म १ लाख ७७ हजारमा कोरोना संक्रमण भएको छ।


प्रतिक्रिया दिनुहोस