जर्मनीमा लकडाउन खुकुलाे बनाएसंगै संक्रमितकाे संख्या बढ्याे

नौलो समाचार संवाददाता
२०७७ बैशाख २९, सोमबार मा प्रकाशित ३९८ पटक पढिएको
जर्मनीमा लकडाउन खुकुलाे बनाएसंगै संक्रमितकाे संख्या बढ्याे

बैशाख २९, एजेन्सी । जर्मनीमा लकडाउन खुकुलो पारेसँगै कोरोना भाइरसबाट संक्रमित हुने संख्या बढेको देखिएको छ।

लकडाउन खुकुलो पारेसँगै कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अरुमा सर्ने दर अर्थात री–प्रोडक्शन दर बढेको रोबर्ट कोच इन्स्टिच्युटले बताएको छ ।

अहिले जर्मनीमा एक संक्रमितबाट एक भन्दा व्यक्तिमा संक्रमण फैलिएको देखिएको छ । यसको अर्थत जर्मनीमा संक्रमितको संख्या बढिरहेको छ ।

शनिबार लकडाउन केही खुकुलो पारिएको भए पनि जर्मनीका केही मानिसले पूर्ण रुपमा अन्त्य गर्नु पर्ने भन्दै प्रदर्शन गरेका थिए ।

यसअघि जर्मन चान्सलर आंगेला म्याकेलले बुधबार १६ राज्यका नेतासँग छलफल गरी देशव्यापी रुपमा लकडाउन खुकुलो पार्ने घोषणा गरेकी थिइन् ।

जर्मनीमा हालसम्म एक लाख ७१ हजार भन्दा बढीमा कोरोना भाइसको संक्रमण भएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या सात हजार ५६९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस