भारतमा जेठ १८ गतेसम्म लकडाउन थपियो

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ५४९ पटक पढिएको
भारतमा जेठ १८ गतेसम्म लकडाउन थपियो

जेठ ४, काठमाडौं । भारत सरकारले चौथो चरणमा लकडाउनको अवधि थप्दै जेठ १८ अर्थात मे ३१ सम्म लम्ब्याएको छ।

लकडाउनसम्बन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने घोषणा यसअघि गरिसकेका छन्।

भारतमा गत चैत १२ गतेदेखि निरन्तर लकडाउन चलिरहेको छ।

भारतमा हालसम्म संक्रमितको संख्या ९१ हजारभन्दा बढी पुगिसकेको छ भने २ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

नेपालमा पनि लकडाउनको अवधि आइतबारको मन्त्रिपरिषद्‌ले थप्ने भएको छ।

प्रतिक्रिया दिनुहोस