पनाैतीका ७ जना हाेमक्वारेन्टाइनमा, धुलिखेलबाट स्वाब परीक्षणकाे रिपोर्ट अाउदै

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ६, मंगलबार मा प्रकाशित ५०४ पटक पढिएको

पनाैतीका ७ जना हाेमक्वारेन्टाइनमा, धुलिखेलबाट स्वाब परीक्षणकाे रिपोर्ट अाउदै

जेठ ६, काभ्रे । पनौती नगरपालिकाका ७ जनाको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ । हिजो गरिएको आरडिटी परीक्षणमा कोरोना भाइरसको शंका लागेपछि स्वाब संकलन गरेर धुलिखेल अस्पताल पठाइएको हो ।

हिजो ११० जनाको आरडिटी परीक्षण गरिएको थियो । स्वास्थ्यकर्मी, जनप्रनितिधि र नगरपालिकाका कर्मचारीको आरडिटी परीक्षण गरिएको थियो । ११० मध्येकै ७ जनामा शंका लागेर स्वाब संकलन गरि धुलिखेल अस्पतालको प्रयोगशालामा पठाइएको हो ।

नगरपालिकाले एक सुचना जारी गर्दै आरडिटीमा शंका लागेको ब्यक्तिहरुलाई विस्तृत परीक्षण भइरहेको पुुुुष्टि गरेकाे छ । नगरप्रमुख भिम प्रसाद न्यौपानेले शंका लागेका ब्यक्तिको विस्तृत परीक्षण भइरहेको भन्दै लकडाउन पूर्णरुपमा पालना गरी होम क्वारेन्टाइनमा सुरक्षित साथ बसिदिन नगरबासीलाई अनुरोध गरेका छन् ।

आरडिटीमा पोजेटिभ देखिएका सबैलाई सुरक्षित साथ होम क्वारेटाइनमा बस्ने लगाइएको छ ।

जिल्लामा विभिन्न अस्पताल तथा पालिकाहरूमाा गरि जम्मा  ३४२ वटा क्वारेन्टाइन बेेेड तयारी अवस्थामा रहेेेेका छन् ।


प्रतिक्रिया दिनुहोस