गाडीबाट खस्दा सुनकोशीमा दुईजना बेपत्ता

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ७, बुधबार मा प्रकाशित २९९ पटक पढिएको

गाडीबाट खस्दा सुनकोशीमा दुईजना बेपत्ता

जेठ ७, काभ्रे । काभ्रेको भुम्लुमा गाडीबाट खस्दा सुनकोशीमा दुईजना बेपत्ता भएका छन् । काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८ मा दोलालघाटबाट जाँदै गरेको बोलेरो जिपको पछाडि बसेका दुईजना सुनकोशी नदीमा खसेका हुन् ।

“गाडीले उकालो बाटोमा तान्न नसकेपछि पछि हटेको रहेछ, त्यहीबेला गाडीको पछाडि रहेका दुईजना सुनकोशी नदीमा खसेछन्,” काभ्रेका डीएसपी कुमार विक्रम थापाले भने । उनका अनुसार नदीमा खसेर बेपत्ता हुनेमा भुम्लु १ का २७ वर्षीय भोला महत र २६ वर्षीय अशोक गिरी छन् ।

दोलालघाट प्रहरी चौकीका असई विमल ढुंगेलले पनि दुईजना नदीमा खसेको जानकारी दिए । उनले गाडी पछाडि धकेलिएपछि हाम फालेको पाइएको बताएका छन् । बा १६ च ८८३८ नम्बरको बोलेरो जिपमा ६ जना सवार थिए । गाडीको अगाडि सिटमा बसेका ३९ बर्षीय सानुमाया गिरी घाइते भएको र उहाँको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । अन्य सकुसल रहेेेका छन् ।

नदीमा धमिलो पानी भएका कारण पनि बेपत्ता भएकाहरुको खोजी कार्यमा समस्या भएको छ ।


प्रतिक्रिया दिनुहोस