अमेरिकाका ३० भन्दा बढी शहरमा फैलिएको विरोध प्रदर्शन हिंसात्मक बन्दै

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १८, आईतबार मा प्रकाशित ३९७ पटक पढिएको
अमेरिकाका ३० भन्दा बढी शहरमा फैलिएको विरोध प्रदर्शन हिंसात्मक बन्दै

जेठ १८, एजेन्सी । अमेरिका यतिबेला आन्तरिक द्वन्द्वमा नराम्ररी फसेको छ । मुलुक कोरोना भाइरसको पीडामा परेका बेला मिनायपोलिसका एक अश्वेत व्यक्ति प्रहरी यातनामा मारिएपछि देशभर आगो बलेको हो ।

अमेरिकाका ३० भन्दा बढी शहरमा फैलिएको विरोध प्रदर्शन क्रमशः हिंसात्मक बन्दै गएको छ । कोभिड १९ को संक्रमणको समेत बेवास्ता गर्दै प्रदर्शनकारी सडकमा ओर्लिएका छन् ।

देशभरबाट सयौं प्रदर्शनकारी पक्राउ परेका छन् । विभिन्न शहरमा प्रहरीसँग प्रदर्शनकारकिो भिडन्त भएको खबरहरु छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले आगजनी र तोडफोडको मात्र यसैगरी बढाइरहे सैनिक प्रहरीलाई सडकमा उतार्ने चेतावनी दिएका छन् । विभिन्न राज्यका गभर्नरहरुले प्रदर्शन हिंसात्मक बनेकाले अब सहेर बस्न नसकिने चेतावनी दिएका छन् ।

बढ्दो तनाव र झडप नियन्त्रण गर्न कतिपय शहरहरुमा कर्फ्यू लगाइएको छ ।

pic: cnn

प्रतिक्रिया दिनुहोस