काभ्रे पनौतीकाे एेतिहासिक जात्रा ‘ज्या पुन्ही’ स्थगित

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २१, बुधबार मा प्रकाशित ४८९ पटक पढिएको

काभ्रे पनौतीकाे एेतिहासिक जात्रा ‘ज्या पुन्ही’ स्थगित

जेठ २१, काभ्रे । जेठ पुणिर्माका दिन हुने पनौतीकाे एेतिहासिक जात्रा ‘ज्या पुन्ही’ यस बर्ष स्थगित भएको छ ।

पनाैती नगरपालिकाले एक सुचना जारी गर्दै नेपालमा कोरोना भाईरसका प्रकोप बढ्दै गएको र जात्रा हेर्न दर्शनार्थीहरुको घुईचाले थप संक्रमण फैलन सक्ने भन्दै क्षमा पुजा गरेर जात्रा स्थगित गरिने जनाएको छ ।

परापूर्वकालमा हिन्दु धर्मका भगवानहरुले गर्ने सम्भोग र त्यसलाई रोक्ने इन्द्रेश्वर भगवानबीचको जुधाजुधको सम्झनामा १४ सय २७ बर्ष पहिलेदेखि सुरु भएको पनौती जात्रा लगातार तिन दिनसम्म हुने गर्दछ ।

यो जात्रा नेपालकै पुरानो ऐतिहासिक जात्रा हो । राजा शिवदेव मल्लको पालादेखि चल्दै आएको जात्रामा यौनिकता झल्कने गरी रथहरु जुधाइने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस