दक्षिण एसियामा काेराेना फैलदै, भारतमा मात्र दुई लाख ५३ हजारभन्दा बढी सङ्क्रमित

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २६, सोमबार मा प्रकाशित ४७८ पटक पढिएको

दक्षिण एसियामा काेराेना फैलदै, भारतमा मात्र दुई लाख ५३ हजारभन्दा बढी सङ्क्रमित

जेठ २६, काठमाण्डाै । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ ।

दक्षिण एसियाली देशहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा देखिएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार ३२९ भन्दा बढी छ भने पाँच हजार ९ सय ८८ जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भइसकेको छ ।

सबैभन्दा कम प्रभावित दक्षिण एसियाली देश भुटान रहेको छ । भुटानमा आइतबारसम्म ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन ।

दक्षिण एशियामा दोस्रो बढी प्रभावित देश पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या ९८ हजार ९४३ पुगेको छ भने दुई हजार २ जनाले ज्यान गुमाएका छन् । बंगलादेशको अवस्था पनि डरलाग्दो छ।

त्यस्तै बङ्गलादेशमा ६५ हजार ७६९ व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ८८८ जनाको मृत्यु भएको छ । यसैगरी अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ३४२ पुगेको छ भने ३५७ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट बढी प्रभावित देशको सूचीमा नेपाल रहेको छ ।

हालसम्म नेपालमा तीन हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । यस्तै माल्दिभ्समा अहिलेसम्म एक हजार ९०१ जनामा कोरोना देखिँदा ८ जनाको मृत्यु भएको छ । श्रीलंकामा एक हजार ८१९ सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस