चीनमा फेेेरी कोरोना संक्रमण फैलिदै, बेइजिङमा कडा प्रतिवन्द

नौलो समाचार संवाददाता
२०७७ अषाढ २, मंगलबार मा प्रकाशित ९०६ पटक पढिएको

चीनमा फेेेरी कोरोना संक्रमण फैलिदै, बेइजिङमा कडा प्रतिवन्द

असार २, काठमाडौं । चीनको राजधानी बेइजिङमा कोरोना संक्रमण देखिए पछि कडा कदम उठाएइको छ । केही जिल्लामा विद्यालय बन्द गरिएको र थुप्रै ठाउँमा सुरक्षा चेक पोस्टहरु स्थापना गरिएको छ ।

बेइजिङले कोरोना परीक्षणको दायरा बढाएको छ । यसलाई चीनमा कोरोना संक्रमणको दोस्रो लहरका रुपमा आशंका गरिएको बीबीसीले जनाएको छ ।

कोरोना संक्रममण देखिए पछि खेल तथा मनोरञ्जन क्षेत्र बन्द गरिएको छ । सुपर मार्केट र कार्यालयहरुमा तापक्रम जाँच गरेर मात्रै प्रवेश दिन सुरु गरिएको छ ।

बेइजिङको होलसेल मार्केटमा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ । यो बजारको महाप्रवन्धक र स्थानीय अधिकारीहरुलाई सरकारले वर्खास्त गरेको छ ।

चीनको वुहानबाट गत वर्षको अन्तिममा सुरु भएको कोरोना चीनमा भने नियन्त्रणमा आइसकेको भन्दै लकडाउन अन्त्य गर्दै जनजीवन सामान्य रुपमा चल्न थालेपछि पुनः कोरोना संक्रमण देखिन थालेको हो ।

चीनमा पछिल्लो समय विना लक्षणका कोरोना संक्रमित उच्च संख्यामा देखिन थालेका छन् ।

लामो समयसम्म पनि सामाजिक दूरी कामय गर्दासमेत संक्रमण फैलिन नरोकिएपछि विश्वका अधिकांश देशले लकडाउन खुकुलो गर्दै गएका छन् । लकडाउन खुकुलो गरेपछि संक्रमण झन धेरै फैलिएको भन्दै यसमा पुनरविचार गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस