भारत र चीनका सेनाबिच सीमा क्षेत्रमा भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ अषाढ २, मंगलबार मा प्रकाशित ४९४ पटक पढिएको

भारत र चीनका सेनाबिच सीमा क्षेत्रमा भिडन्त, तीन भारतीय सैनिकको मृत्यु
file photo

असार २, एजेन्सी । भारत र चीनका सेनाबिच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ।

सीमा क्षेत्रमा गलवान उपत्यकामा भएको झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो। सोमबार राति दुई पक्षबिच ठूलो भिडन्त भएको भारतीय सेनाले जनाएको छ ।

समस्या समाधानका लागि दुई पक्षका उच्च सैनिक अधिकारीबिच हाल वार्ता भइरहेको जनाइएको छ।

भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका सेनाबिच तनावको अवस्था रहँदै आएको छ । समस्या समाधानका लागि वार्ता भइरहे पनि तनाव भने जारी छ।

कम्तिमा पछिल्लो ४५ वर्षमा भारत–चीन सीमा विवादलाई लिएर भएको भिडन्तमा पहिलोपटक मानवीय क्षति भएको हो ।

यसअघि सन् १९७५ मा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षको एम्बुस आक्रमणमा भारतयि सैनिकको ज्यान गएको थियो । यस्तै दुई पक्षबिच सन् १९६७ मा भिडन्त भएको थियो ।


प्रतिक्रिया दिनुहोस