रूसमा कोरोनाबाट झण्डै पाँच सय चिकित्सकको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ अषाढ ४, बिहिबार मा प्रकाशित ८६८ पटक पढिएको
रूसमा कोरोनाबाट झण्डै पाँच सय चिकित्सकको मृत्यु

असार ४, मस्को । रूसमा कोरोना भाइरसको संक्रमणबाट झण्डै पाँच सय चिकित्सकको मृत्यु भएको छ । रुसको स्वास्थ्यसम्बन्धी अनुगमन गर्ने सरकारी संस्था रोजद्रावनादजोरले कोरोनाका कारण चार सय ८९ चिकित्सकको मृत्यु भएको पुष्टि गरेको छ ।

गएको महिना यो आंकडा एक सय एक थियो । अर्थात हालै कोरोनाका कारण मृत्यु हुने चिकित्सकको संख्यामा तीब्र रुपमा बढोत्तरी भएको छ ।

रोजद्रावनादजोरका प्रमुख अला सामोइलोवाले सुरक्षा उपकरणको सप्लाई (वितरण) मा देखिने समस्यानै चिकित्सकको मृत्युको कारण भएको बताएका छन् । रूसमा हाल कोरोना संक्रमितको संख्या पाँच लाख ६० हजारभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस