कोरोना संक्रमितको संख्या विश्वमा ८२ लाख नाघ्यो

नौलो समाचार संवाददाता
२०७७ अषाढ ५, शुक्रबार मा प्रकाशित ५८० पटक पढिएको
कोरोना संक्रमितको संख्या विश्वमा ८२ लाख नाघ्यो

असार ५, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ८२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८२ लाख ४२ हजार ९९९  पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्पेन, इटली, पेरु, इरान, जर्मनी, टर्की, चिलीलगायत देश छन् ।

कोरोनाका कारण हालसम्म ४ लाख ४५ हजार ५३५ जनाको मृत्यु भइसकेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ

प्रतिक्रिया दिनुहोस