ब्राजिलका राष्ट्रपतिलाई पनि कोरोना संक्रमण

नौलो समाचार संवाददाता
२०७७ अषाढ २४, बुधबार मा प्रकाशित ५२८ पटक पढिएको
ब्राजिलका राष्ट्रपतिलाई पनि कोरोना संक्रमण

असार २४, काठमाडाैं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन्।

उच्च ज्वरोका कारण सोमबार उनले कोरोना भाइरसको परीक्षण गराएका थिए। मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको उल्लेख गर्दै उनले यसमा डराउनुपर्ने कुनै कारण नरहेको बताए।  उनी मास्क र सामाजिक दूरीको पक्षमा नभएको भन्दै आलोचना हुने गरेको थियो।

ब्राजिल कोरोना भाइरसको संक्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित मुलुक हो। ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण ६५ हजारभन्दा बढीको ज्यान गुमिसकेको छ।

प्रतिक्रिया दिनुहोस