भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ५० हजार नजिक

नौलो समाचार संवाददाता
२०७७ भाद्र १, सोमबार मा प्रकाशित ७५९ पटक पढिएको

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ५० हजार नजिक

भदौ १, काठमाडौं । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५० हजार नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाका कारण ४९ हजार ९८० को ज्यान गइसकेको छ ।

कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार ६८२ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ६३ हजार ४९० संक्रमित थपिएका छन् ।

सोही अवधीमा ९४४ कोरोना संक्रमितको मृत्यु भएको छ ।






प्रतिक्रिया दिनुहोस