कोरोना नियन्त्रणमा लाग्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित ९२४ पटक पढिएको
कोरोना नियन्त्रणमा लाग्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

बैशाख ३१, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि जिम्मेवारी बोधका साथ काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ।

ठूलो दलको हैसियतले सरकार बनाएपछि पहिलोपटक बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले अहिलको आवश्यकता कोरोना नियन्त्रणका भएकाले त्यसमा सरकारको पूर्ण ध्यान जाने र मन्त्रीहरुलाई काम गर्न भन्नुभएको हो।

मन्त्रिपरिषद बैठकमा ओलीले भन्नुभयो, ‘निजी क्षेत्रका अस्पताल, स्वास्थ्य उपकरण, औषधिका निम्ति, जिम्मेवारी बोधका साथ काम गर्न आग्रह गर्दछु।’

उहाले अहिले अक्सिजनको अभाव भइहरको अवस्थामा प्लान्टहरु पूर्ण क्षमताका साथ सञ्चालन हुनुपर्ने उल्लेख गर्नुभयो।

स्वास्थ्य प्रोटोकलको पालना गर्न निर्देशन दिँदै ओलीले भन्नुभयो, ‘हाम्रा कुनै पनि अक्सिजन प्लान्ट पूर्ण क्षताका साथ चल्नुपर्छु। वितरण, ढुवानीलाई व्यवस्थित बनाउनुपर्छ, आवश्यकताका आधारमा दिनुपर्छ, भनसुनका आधारमा, पहुँचका भरमा होइन।’


प्रतिक्रिया दिनुहोस