पात्लेखेतमा तिमल्सिना दाजुभाइद्वारा स्वास्थ सामाग्री सहयोग

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित ९९० पटक पढिएको
पात्लेखेतमा तिमल्सिना दाजुभाइद्वारा स्वास्थ सामाग्री सहयोग

बैशाख ३१, काभ्रे। कोरोना भाईरस संक्रमण जोखिम न्युनिकरण तथा नियन्त्रणको प्रयासलाई ध्यानमा राख्दै धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा स्वास्थ सामाग्री तथा औषधि वितरण गरिएको छ।

पात्लेखेत निवासी दाजुभाई बद्रिराज तिमल्सिना र शुभराज तिमल्सिनाले स्वास्थ सामाग्री तथा औषधि सहयोग गर्नुभएको हो।

पात्लेखेतमा संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ चौकी मार्फत वितरण हुने गरि २० जना कोभिड पोजेटिभ देखिएका हरूलाई सप्लिमेन्ट्री प्याकेज (मास्क, सेनिट्राईजर, भिटामिन सि, डी, जीन्क ट्याब आदी) वितरण गरिएको हो।

युवा व्यवसायी शुभराज तिमल्सिनाको व्यक्तिगत व्यवस्थापनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष समेत रहेका बद्रिराज तिमल्सिना तथा पुर्व अध्यक्ष ईश्वरी ओझाले पात्लेखेत स्वास्थ्य चौकीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन्। आवश्यकता अनुसार ति सामाग्री थप सहयोग गरिने बताइएको छ।

हस्तान्तरण कार्यक्रम स्थानीय युवा रोशन तिमल्सिना र गोबिन्द धितालले संयोजन गर्नुभएको थियो। जोखिम बढ्दै गएकाले सहयोगलाई निरन्तरता दिने र दायरा पनि फराकिलो बनाउदै लैजाने शुभराज तिमल्सिनाले जानकारी दिनुभयो। उहाले सकेसम्म सबैजना घरमै बस्न र संक्रमितहरु पुर्णरुपमा आइसोलेट हुनु आग्रह गर्नुभयो।

पात्लेखेतमा ३१ महिला र २५ पुरुष गरि ५६ जना संक्रमित छन्। हालसम्म दुइजनाले ज्यान गुमिसकेको धुलिखेल वडा न ११ का वडा अध्यक्ष बिष्णु धितालले जानकरी दिनुभयो।

धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीका अनुसार हालसम्म धुलिखेल नगरपालिकामा २ सय महिला र २ सय १९ पुरष गरि ४ सय १९ जना कोरोना संक्रमित छन् भने ९ जनाको मृत्यु भैसकेको छ।


प्रतिक्रिया दिनुहोस