कांग्रेस उपसभापति गच्छदारकी पत्नीको कोरोना संक्रमणबाट निधन

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १, शनिबार मा प्रकाशित ८७३ पटक पढिएको
कांग्रेस उपसभापति गच्छदारकी पत्नीको कोरोना संक्रमणबाट निधन

जेठ १, काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान ४: ४५ बजे निधन भएको हो।

लामो समयदेखि कलेजोको बिरामीसमेत रहेका उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो। पछिल्लो समय नर्भिकमा उपचाररत उनलाई दुई दिन अघि कोरोना संक्रमण पुष्टि भएको उपसभापति गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले पुष्टि गरे।

उनको आजै दाहसंस्कार गरिने छ।


प्रतिक्रिया दिनुहोस