देशभर ५४५५ जना कोरोना संक्रमित डिस्चार्ज, १८७ जना संक्रमितको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १, शनिबार मा प्रकाशित ५९४ पटक पढिएको
देशभर ५४५५ जना कोरोना संक्रमित डिस्चार्ज, १८७ जना संक्रमितको मृत्यु

जेठ १, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४५५ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ३३ हजार १८ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन्।

८ हजार १६७ जना व्यक्तिमा कोरोना 

पछिल्लो २४ घण्टामा देशभर ८ हजार १६७ जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १६७ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआरबाट आठ हजार ४६ र एन्टीजेन विधिबाट १२१ संक्रमित पुष्टि भएका छन्।

१८७ जना संक्रमितको मृत्यु

२४ घण्टामा १८७ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ८५६ जनाको मृत्यु भएको छ।
यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ। ६७५ जना व्यक्ति क्वारेन्टाइनमा छन्।


प्रतिक्रिया दिनुहोस