भक्तपुरको ‘नेपाल कोरिया मैत्री अस्पताल’मा अक्सिजन उत्पादनको परीक्षण सुरु

दैनिक १५ सय लिटरको लक्ष्य
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २, आईतबार मा प्रकाशित १४०० पटक पढिएको
भक्तपुरको ‘नेपाल कोरिया मैत्री अस्पताल’मा अक्सिजन उत्पादनको परीक्षण सुरु

जेठ २, भक्तपुर। भक्तपुरको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादनको परीक्षण शुरु गरेको छ। मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित सो अस्पतालले शुक्रवारबाट अस्पतालले अक्सिजन उत्पादनको परीक्षण शुरु गरेको हो ।

करिब पैसठ्ठी लाखको लागतमा जडान गरिएको अक्सिजन प्लान्टको सबै उपकरण जडान भएपश्चात परीक्षण उत्पादन शुरु गरिएको अस्पतालका प्रशासक रुपेश श्रेष्ठले जानकारी दिनुभयो। केहि प्राविधिक समस्या भएकोले केहि दिनमै नियमित उत्पादनमा जाने प्रशासक श्रेष्ठले बताउनुभयो।

अक्सिजन प्लान्टको उत्पादन क्षमता दैनिक करिब पन्ध्र सय लिटर रहेको छ । यसले दैनिक ३० बटा सिलिन्डर भर्ने क्षमता राख्दछ । उहाले हाल अस्पतालमा ४३ जना कोभिड संक्रमितको उपचार भैरहेको र सबैलाई अक्सिजन अनिवार्य चाहिने अवस्था रहेको बताउनुभयो । आफनै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन भए पश्चात वर्तमान अक्सिजनको अभाव केहि हद सम्म अन्त्य हुने तर यो नै पर्याप्त भने नभएको उहाको भनाइ छ ।

परिक्षण सफल भए केहि दिन भित्रै अस्पतालमै अक्सिजन उत्पादन हुने र यसले अक्सिजनको अभावका कारण उत्पन्न तनाव केहि हदसम्म अन्त्य हुने उहाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस