काभ्रे सेवा समाज र विन्ध्यवासिनी सहकारीले गरे पत्रकार राहत कोषमा सहयोग

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २, आईतबार मा प्रकाशित १०८५ पटक पढिएको
काभ्रे सेवा समाज र विन्ध्यवासिनी सहकारीले गरे पत्रकार राहत कोषमा सहयोग

जेठ २, काभ्रे। काभ्रे सेवा समाजले नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कोभिड–१९ राहत कोषमा सहयोगका रुपमा आज (आइतबार) १० हजार रुपैंया प्रदान गरेको छ।

समाजका तर्फबाट सचिव श्री राघवसिंह थापाले महासंघको बुडोलस्थित कार्यालयमा पुगेर सो रकम अध्यक्ष श्री बद्रीराज तिमल्सिानालाई हस्तान्तरण गर्नु भएको हो । ‘काभ्रे सेवा समाजले नागरिक समाजको प्रतिनिधित्व गर्ने र अहिलेको विषम परिस्थितिमा सुसूचित गर्ने कार्यमा खटिने पत्रकारहरुको सुरक्षाका लागि थोरै भए पनि सहयोग गरेका हौं । भविष्यमा थप सहयोगका लागि शुभेच्छुक र दाताहरुसँग समन्वय गरिरहेका छौं’, सचिव थापाले भन्नु भयो ।

सो अवसरमा सहयोग रकम बुझ्नुहुँदै अध्यक्ष तिमिल्सनाले ‘पत्रकार महासंघ काभ्रे शाखा र काभ्रे सेवा समाज मिलेर काभ्रे जिल्लामा धेरै काम गर्न सक्ने संभावनाहरु रहेको बताउदै सहयोगका लागि शाखामा आवद्ध सम्पूर्ण पत्रकारहरुका तर्फबाट समाजलाई हार्दिक धन्यवाद दिनुभयो।

काभ्रे सेवा समाजले कार्यसमिति र शुभेच्छुक सदस्यहरुलाई समाजको कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै कोभिड–१९ राहत कोष स्थापना गरेको र कोषमा रकम जम्मा गर्न सबैमा आह्वान गरेको छ । यही कोषमा जम्मा भएको रकमले महासंघलाई सहयोग गरिएको थापाको भनाई छ । समाजले पनौती–४ स्थित रियल नेपालको आश्रयमा रहेका दृष्टिविहीन छात्रछात्राहरुलाई पनि यसै कोषबाट सहयोग गरेको छ । सहयोगमा खाद्यान्नलगायतका सामग्रीहरु उपलब्ध गराइएको छ ।

यस अघि कोरोना संक्रमणको पहिलो लहरमा पनि समाजले पत्रकार महासंघ काभ्रे शाखालाई सहयोग गरेको थियो । त्यस बखत भेनस मास्क ५० थान र १०० मिलीको स्यानिटाइजर ५० बोतल उपलब्ध गराएको थियो ।

कोषमा विन्धवासिनी सहकारीको सहयोग 

आजै विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले पनि नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कोभिड–१९ राहत कोषमा आर्थिक  सहयोग गरेको छ।  विन्धवासिनी सहकारीले सहयोगका रुपमा ३० हजार रुपैंया प्रदान गरेको छ।

विन्ध्यवासिनीको तर्फवाट अध्यक्ष प्रदिप थापाले महासंघको बुडोलस्थित कार्यालयमा पुगेर महासंघ अध्यक्ष बद्रीराज तिमल्सिानालाई रकम हस्तान्तरण गर्नुभएको थियो।

यस अघि कोरोना संक्रमणको पहिलो लहरमा पनि विन्ध्यवासिनीले नगद ३० हजार सहयोग गरेको थियो।


प्रतिक्रिया दिनुहोस