जेठ १७, काभ्रे। काभ्रेको बेथानचोक गाउपालिका वडा नम्बर २ ढुंखर्कको महाभारत जंगलमा भेटिएको दुर्लभ सेतो मृग जाउलाखेल सदर चिडियाखाना पठाइएको छ।
आज (सोमबार) च्याम्राङबेशी ढुंखर्क प्रहरी चौकीका इन्चार्ज हरेराम पराजुलीले सब डिभिजन वन कार्यालय खोपासीका सहायक बन अधिकृत हेम बहादुर थापा मार्फत उक्त मृग सदर चिडियाखाना पठाउनुभएको हो।
तीन दिन अघि बेथानचोक-२ का स्थानीयले जंगलमा दाउरा खोज्न क्रममा मृगको बच्चा भेटाएका थिए। स्थानीयले हिजो (आइतबार) उक्त मृगको बच्चा प्रहरी चौकी ढुंखर्कलाई बुझाएका थिए।
प्रहरी चौकीले आज बेथानचोक गाउपालिका र वडा कार्यालयको समन्वयमा जाउलाखेल स्थित सदर चिडियाखानामा पठाईएको छ। अब उक्त सेतो मृगको रेखदेख चिडियाखाना प्रशासनले गर्ने छ।
प्रतिक्रिया दिनुहोस