दोलखामा कोभिड अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटपिट, तीन जना पक्राउ

नौलो समाचार संवाददाता
२०७८ अषाढ १३, आईतबार मा प्रकाशित ७०० पटक पढिएको
दोलखामा कोभिड अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटपिट, तीन जना पक्राउ

असार १३, दोलखा। दोलखामा कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ। तामाकोशी गाउँपालिका वडा नम्बर ४ मा रहेको कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर रोविश कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई युवाहरुको एक समूहले गएराति कुटपिट गरेको हो।

जाँडरक्सी खाएर आएका युवाहरुले कुटपिट गरेका डाक्टर रोविश कार्कीले जानकारी दिनुभयो। आफूमाथि हातपात गर्न थालेपछि भागेर अस्पताल भवनभित्र चुकुल लगाएर ज्यान जोगाएको कार्यालय सहयोगी टोपबहादुर मिजारले बताउनुभयो।

घटनामा संलग्न तामाकोशी गाउँपालिका मालुका गोपाल तिमल्सिना, रोशन पोखरेल र बिजुली नेपालीलाई पक्राउ गरी अनुसन्धान थालिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट, तालाबन्दी वा उपचारको क्रममा बाधा पारे पुर्पक्षको लागि थुनामा राखेर २ देखि ५ वर्षसम्म कैद वा २ लाख देखि ५ लाख जरिबाना वा दुवै सजाय हुन सक्नेछ।


प्रतिक्रिया दिनुहोस