बिशाल र निर्मलाको स्वरमा तीज गीत ‘निरमायाको’ सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७८ श्रावण ८, शुक्रबार मा प्रकाशित १७९७ पटक पढिएको
बिशाल र निर्मलाको स्वरमा तीज गीत ‘निरमायाको’ सार्वजनिक (भिडियो)

साउन ८, काभ्रे। गायक बिशाल बिसी र निर्मला श्रेष्ठको स्वरमा सजिएको तीज गीत ‘निरमायाको’ सार्वजनिक भएको छ। नेपाली चेलिबेटीको महान पर्व तीज नजिकिएसंगै ‘निरमायाको’ बोलको तीज गीत युटुब मार्फत सार्वजनिक गरिएको हो।

विभिन्न स्वाद र शैलीका गीत गायनमा रुची राख्ने गायक विशालले यसपटक भने तीजको भाकामा आफ्नो सुमधुर स्वर दर्शक श्रोता समक्ष पस्केका छन् ।

पुनम अडियो भिडियोको प्रस्तुतिमा रहेको गीतमा प्रदिप प्रखर पोख्रेलको शब्द रहेको छ भने पुजा गुरुङ्ले संगीत भरेकी छन्।

भिडियोमा कोरियोग्राफी कमल भक्तले गरेका छन् भने महेशबिक्रम पाण्डेले गीतको अरेन्ज र मिक्सिंग गरेका हुन् ।

‘निरमायाको’ बोलको गीतको भिडियोमा रबि बहादुर सिं र माया उपरकोटीको अभिनय रहेको छ। गीतको भिडियोलाई महेशबिक्रम पाण्डेले निर्देशन गरेका हुन् भने छायांकन(Cinematographer) महेश महराले गरेका हुन्।

गीतको भिडियोलाई महेशबिक्रम पाण्डेले सम्पादन गरेका हुन् । मेकअप यमुना पाण्डेले गरेकी हुन्।

हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया दिनुहोस