अफगानिस्तानलाई विदेशीको पञ्जाबाट मुक्त गर्न सफल भएको तालिवानको उद्घोष

नौलो समाचार संवाददाता
२०७८ भाद्र २, बुधबार मा प्रकाशित ३५५ पटक पढिएको
अफगानिस्तानलाई विदेशीको पञ्जाबाट मुक्त गर्न सफल भएको तालिवानको उद्घोष

भदौ २, एजेन्सी। अफगानिस्तानमा कब्जा जमाएको तालिवान विद्रोहीले देशलाई विदेशीको पञ्जाबाट मुक्त गर्न सफल भएकोमा गर्व लागेको बताएको छ ।

राजधानी काबुल कब्जा गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले अफगानी जनतामा बदलाको भावना नरहेको भन्दै आफूहरु बाह्य र आन्तरिक दुश्मनका विरुद्ध लड्ने बताएका छन् ।

अफगानिस्तानलाई स्वतन्त्र गरेकोमा आफूहरुलाई गर्व लागेको भन्दै उनले अफगान भूमि कसैका विरुद्ध प्रयोग गर्न नदिने र सबैखाले सुरक्षाको ग्यारेन्टी गरिने बताए । अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघलाई समेत तालिवानले अफगानिस्तान सुरक्षित रहेकाले ढुक्क हुन पनि अपील गरेको छ ।

महिलाहरुको हकमा भने शरिया कानुन र इस्लाम धर्म अनुसार अधिकार दिइने प्रवक्ताको भनाइ थियो । अफगानिस्तानका जनताको समृद्धिका लागि सवैलाई ब्यावसाय गर्न दिइने भन्दै मुजाहिदले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा लगानी गर्न पनि आग्रह गरेका छन् । मिडियालाई पनि स्वतन्त्र रुपमा चल्न दिने तालिवानको दाबी छ ।

प्रतिक्रिया दिनुहोस