‘कुरा सिधा छ’ बोलको गीतमा पल र केकीको रोमान्स

नौलो समाचार संवाददाता
२०७८ मंसिर १७, शुक्रबार मा प्रकाशित १००० पटक पढिएको
‘कुरा सिधा छ’ बोलको गीतमा  पल र केकीको रोमान्स

मंसिर १७, काभ्रे। पल शाह र केकी अधिकारीले स्कीन शेयर गरेको कुरा सिधा छ सार्वजनिक भएको छ ।
गायिका सुजाता केसीले ‘कुरा सिधा छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी हुन् । राष्ट्रिय संगित कर्मी संघ ललितपुरका सह–सचिव समेत रहेका हिम्मतदार, आँटिली, फुर्तिली, सुमधुर आवाजकी धनी सुजाताको कुरा सिधा छ उत्कृष्ट कोसेली बन्न सफल भएको छ ।

गीत संगीतमा हुरुक्कै हुने सुजाताको कुरा सिधा छ बोलको गीतमा रमेश परियारको शब्द तथा संगीत रहेको छ भने गीत सुजाता र अलिफ खानको सुमधुर स्वरमा सजिएको छ । उत्कृष्ट बनेको गीतलाई अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको आकर्षक अभिनयले सुनमा सुगन्ध थप्ने काम भएको छ ।

गीतको भिडियो लुम्बिनीमा छायाँकन गरिएको छ । भिडियो काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन अनि अर्जुन तिवारीको छायाँकनमा तयार भएको छ भने सरिता मगरको श्रृङ्गार, भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका छन् ।

गीतको भिडियो सुजाताले सुजाता केसी अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गररिएको छ । छोटो समयमा नै भिडियोले युट्युबमा राम्रो भ्युज पाएको छ । ‘कुरा सिधा छ’ बोलको गीतलाई श्रोता एवं दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको गायिका केसी बताउँछिन् ।

‘भिडियो सार्वजनिक भए सँगै सबैबाट राम्रो प्रतिक्रिया पाएको बताउने केसी प्रारम्भिक प्रतिक्रियाबाट उत्साहित भएको बताउँछिन् । उनी भन्छिन्, ‘आशा छ, गीतलाई स्रोता एवं दर्शकले रुचाउनुहुनेछ ।’
गायिका सुजाताले यसअघि ‘बाजा बजाउँदै’, ‘ओई कान्छी’ जस्ता गीतहरु सार्वजनिक गरिसकेकी छन् ।

हेर्नुहोस भिडियो :-

प्रतिक्रिया दिनुहोस