काभ्रेका सुगमदेखि विकटसम्मका विद्यार्थीलाई केयुको विज्ञान तथा ईन्जिनियरिंगका ल्याब प्रत्येक्ष अवलोकनको अवसर

नौलो समाचार संवाददाता
२०७९ चैत्र २०, सोमबार मा प्रकाशित १३२२ पटक पढिएको
काभ्रेका सुगमदेखि विकटसम्मका विद्यार्थीलाई केयुको विज्ञान तथा ईन्जिनियरिंगका ल्याब प्रत्येक्ष अवलोकनको अवसर

चैत २०, काभ्रे। काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्व विद्यालयले जिल्लाका विकटदेखि सुगमसम्मका विद्यार्थीहरुलाई विश्व विद्यालयको बिज्ञान ल्याबहरुको प्रत्यक्ष अबलोकलन गराउन सुरु गरेको छ।

विश्वविद्यालयले काभ्रेका १३ वटा स्थानीय तह अन्तर्गतका विभिन्न बिद्यालयका कक्षा ११ र १२ मा विज्ञान बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई लक्षित गर्दै विज्ञान तथा ईन्जिनियरिंगका प्रयोगशालाको स्थलगत अवलोकन कार्यक्रम सुरु गरेको हो।

विश्व विद्यालयका सामुदायिक सम्बन्ध बिस्तार महाशाखा प्रमुख किशोर खनालले आजबाट शैक्षिक अवलोकलन भ्रमणको रुपमा काभ्रेका जुनसुकै उच्च मावि तहका विद्यालयका विद्यार्थीहरुले विज्ञान प्रयोगशाला हेर्न सक्ने बताउनुभयो। ईन्जिनियरिंग

शैक्षिक गुणस्तर तथा सामुदायिक सम्बन्ध बिस्तार गर्न काठमाडौँ विश्वविद्यालयले उच्च मावि तहमा विज्ञान बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई विज्ञान तथा ईन्जिनियरिंग प्रयोगशालाको स्थलगत अवलोकन कार्यक्रम सुरु गरेको प्रमुख खनालले बताउनुभयो।

आज एक अनौपचारिक कार्यक्रमका विच बेलर ईन्टरनेसनल एकेडेमीका करिव एक सय जना उच्च मावि तहका विद्यालयका विद्यार्थीहरुले विज्ञान प्रयोगशाला अवलोकन भ्रमण गरेका छन्।

उच्च मावि तहका विद्यालयहरुमा न्यून बजेटका बिज्ञान ल्याब तथा प्रयोशाला हुने भएकोले विद्यार्थीहरुले अझ बिस्तार र ठुलो आधुनिक प्रयोगशालामा बिस्तृत बुझ्न र अवलोकन गर्न सक्ने प्रमुख खनालले बताउनुभयो। उहाँले जिल्लाका चौंरीदेउराली, महाभारत गाउँपालिका जस्ता ठाउँका विद्यार्थीहरुलाई पनि बिज्ञान ल्याब तथा प्रयोशाला भ्रमणका लागि आउन र जान यातायातको समेत व्यवस्था गर्ने आफुहरुको योजना रहेको उल्लेख गर्नुभयो।

बेलर ईन्टरनेसनल एकेडेमीका विज्ञान शिक्षक सुरज श्रेष्ठले आफ्ना विद्यार्थीहरुले केयुको बिज्ञान ल्याब तथा प्रयोशाला उत्साहपुर्वक अवलोकन गरेको बताउदै स्कुल र यहाँको प्रयोगशालामा ठुलो भिन्नता पाएको बताउनुभयो। केयु लाइ ध्यांवाद दिदै उहाँले यस्तै अवलोकन भ्रमण अन्य विद्यालयले पनि गर्नुपर्ने बताउनुभयो।

पहिलो अवलोकन भ्रमण गर्न काठमाडौं विश्व विद्यालय पुगेका बेलर एकेडेमीका विद्यार्थीहरुले बिज्ञान ल्याब तथा प्रयोशाला अवलोकन गर्न पाउदा खुसि लागेको बताउदै स्कुलको नमुना प्रयोगशाला भन्दा यहाँ ठूला-ठूला र बास्तबमै काम गर्ने प्रकारको ल्याब रहेको बताए।


प्रतिक्रिया दिनुहोस