देविटार स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री

नौलो समाचार संवाददाता
२०८० श्रावण २२, सोमबार मा प्रकाशित ८५२ पटक पढिएको
देविटार स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री

साउन २२, काभ्रे। धुलिखेल–१ स्थित देविटार स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

नगर उपप्रमुख निराजन जंगमको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर ५ वटा, पल्स अक्सिमिटर ५ वटा, ५ थान थर्ममिटर, सिटामोल २ हजार चक्की, आइरन चक्की १० हजार, सर्जिकल माक्स ६ हजार थान र एन ९५ माक्स ४ हजार थान, नाभी मलम १ हजार थान वडा अध्यक्ष सन्तबहादुर तामाङको उपस्थितीमा स्वास्थ्य चौकी प्रमुख झलक दर्लामीलाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्रीको लागि समाजसेवी रघुनाथ धिताल, अनुप लामिछाने, सजय तामाङ लगायतले समन्वय गर्नुभएको थियो ।

नगर उप्रमुख निराजन जंगमले समन्वय गर्ने र सहयोग प्रदान गर्ने सबैमा आभार प्रकट गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा वडा सदस्य चन्द्रमाया तामाङ, दिपक घोरसाइने लगायत स्थानीयको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस