रोशी-११ मा केद्रिय प्रसारण लाईन जडान भएपछि स्थानीय खुसी

नौलो समाचार संवाददाता
२०८० श्रावण २९, सोमबार मा प्रकाशित १२१४ पटक पढिएको
रोशी-११ मा केद्रिय प्रसारण लाईन जडान भएपछि स्थानीय खुसी

साउन २९, काभ्रे। रोशी गाउँपालिका वडा नं. ११ कालढुंगामा कन्द्रिय प्रसारण लाईन जडान भएको छ। उक्त वडाको १ सय ३५ घरधुरीमा केन्द्रिय प्रसारणलाईनबाट बिजुली बल्ने भएको हो।

सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्रसारणलाईनको एमसिबीबक्समा स्वीच अन गरेर शुभारम्भ गर्नुभएको हो। सो वडामा केही समय अगाडी ३८ घरमा लाईन जोडिसकेको थियो भने अहिले १३५ घरधुरीमा जडान गरेको हो। वडामा ८ सय घरधुरीमा केन्द्रिय प्रसारण लाईन नभएकोमा एक सय ७३ घरधुरीमा जोडीएको छ। अन्य घरधुरीमा छिटै नै लाईन जोडिने गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो। यस भन्दा पहिला सो घरधुरीमा लघुबिद्युतबाट बिजुली बाल्दै आएका थिए।

केद्रिय प्रसारण लाईन जडान भएपछि स्थानीयहरू खुसी भएका छन्। राष्ट्रिय प्रसारण लाईन जडान हुदा दिनरातै बिद्युत आउने भन्दै स्थानीय खुसी भएका हुन्। ‘अब त राष्ट्रिय लाईन आयो हामी केही उद्यम गर्नलाई सहज हुने भयो ।’ रोशी-११ का एक स्थानीयले भने, ‘केही नगरी गर्मीमा सुतेरै बस्छु भन्दा पनि पंखा चलाएर मज्जाले सुत्न पाईयो नी ।’

केन्द्रिय प्रसारण लाईन जडानको लागि ५ करोडमा ठेक्का लागेको भएपनि शाखा लाईनको लागि ३ करोड खर्च भएको छ।
उक्त प्रसारण लाईन जडान कार्यक्रममा नेपाली कौग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा, वडाध्यक्ष लालकुमार पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस