चौरीदेउरालीमा सेभेन एसाइड फुटबल प्रतियोगिता

नौलो समाचार संवाददाता
२०८० कार्तिक ३, शुक्रबार मा प्रकाशित १०६६ पटक पढिएको
चौरीदेउरालीमा सेभेन एसाइड फुटबल प्रतियोगिता

चौरीदेउराली\ मल्टी एड युथ क्लवको आयोजनामा चौरीदेउरालीमा सेभेन एसाइड फुटबल प्रतियोगिता शुरु भएको छ ।

कार्तिक २ देखि ४ गतेसम्म नकआउटका आधारमा खेलाइने सेभेन एसाइड खुल्ला फुटबल प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष सन्देश हुमागाईले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले प्रतियोगिता उद्धघाटन गरे । उनले खेल क्षेत्रलाई सबै तहका सरकारले लगानी र संरक्षण गर्नुपर्ने बताए । खेलले अनुशासन र गतिशिलता पैदा गर्ने भन्दै शारिरीक सुगठन र मानसिक विकासमा पनि सहयोग पुग्ने विचार व्यक्त गरे ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले चौरीदेउरालीमा खेलकुद क्षेत्रले फड्को मार्दै गएको भन्दै युवाहरुको विदेश पलायन रोक्न सक्नुपर्ने बताए ।

कार्यक्रममा चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई, भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ दावा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष इश्वरी ओझा, चौरीदेउराली वडा नं ४ का अध्यक्ष रामप्रसाद चौलागाई, ५ का वडाअध्क्ष कृष्ण्णप्रसाद गौतम, वडा नं ६ का अध्यक्ष किशोर गिरी, वडा नं ४ का पूर्व वडाअध्यक्ष सुरेशकुमार लामा, प्रभा बहुमुखी क्याम्पसका प्रमुख सुदर्शन गौतम, प्रभा एल्मुनाइ एशोसिएसनका अध्यक्ष गोकूल गौतम लगायतले खेल क्षेत्रबारे चर्चा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस