बेथानचोकका विद्यार्थीले बनाए `अटोमेटिक कार´

नौलो समाचार संवाददाता
२०८० मंसिर ८, शुक्रबार मा प्रकाशित २९९ पटक पढिएको
बेथानचोकका विद्यार्थीले बनाए `अटोमेटिक कार´

बेथानचोक/ बेथानचोक गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीले अटोमेटिक कार बनाएका छन् ।

गाउँपालिकाले संचालन गरेको रोबोटिक्स तालिम लिएका उनिहरुले प्रबिधीको प्रयोग गरेर अटोमेटिक कार, स्मार्ट डस्ट्विन लगायतका सामाग्री तयार गरेका हुन् ।

‘सामान भयो भने अब घरमा नै बनाउन सक्छौं,’ तालिममा सहभागी वडा नम्बर १ को भैरव मावीका सुदर्शन लोप्चनले भने, `तालिमले धेरै ज्ञान र सीप बढायो, यसको प्रयोग अन्य सामाग्री बनाउन पनि प्रयोग गर्छौं ।´

प्रबिधिमैत्री र सिपमुलक शिक्षा दिने उद्देश्यले बेथान्चोक गाउँपालिकाले रोबोटिक्स तालिम सन्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पुष्पा राईले जानकारी दिइन् ।

रोबोटिक्स क्लव गुजरातका अध्यक्ष प्रशान्त चौधरी, प्रिन्स चौधरी र रोवोटिक्स क्लब अफ काठमाडौं युनिभर्सिटीका सक्षम श्रेष्ठले ३ दिन सम्म तालिम दिएका थिए ।

तीन दिनको प्रशिक्षणमा ब्लुतुथ कन्ट्रोल कार, स्मार्ट डस्ट्विन र होम अटोमेसन बनाउन सिकाएको प्रशिक्षक प्रशान्त चौधरीले बताए । ‘तीन दिनको तालिममा विभिन्न एप, प्रोगामिङ, मोटर र सेन्सरको प्रयोग गरेर ती सामाग्री तयार गर्न सिकेका छन् ´ उनले भने, ‘त्यही प्रविधी र सीप प्रयोग गरेर अन्य उपकरण पनि बनाउने बताएका छन् । ‘

चक्रेश्वर माबी कक्षा ९ मा अध्यनरत अल्वर्ट दाहालले तिहारमा प्रयोग हुने झिलीमिलि बत्ति आफै बनाएर अर्को पटक प्रयोग गर्ने बताए ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोकलाई नवप्रवर्तनको केन्द्र बनाएर युवा, विद्यार्थीहरुलाई अन्वेषण, अनुसन्धानमा लगाइने बताए ।


प्रतिक्रिया दिनुहोस