रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

नौलो समाचार संवाददाता
२०८० मंसिर २८, बिहिबार मा प्रकाशित ६१७ पटक पढिएको
रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

रोशी । रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

रोशी माध्यमिक विद्यालयमा चलेको प्रतियोगितामा १६ विद्यालय सहभागी छन् । प्रतियोगिताका विभिन्न खेल ४ दिनसम्म चल्नेछ ।

भलिवल खेलमा छात्रका ८ समुह र छात्राका ६ समुह, कवड्डीमा छात्रका ९ समुह र छात्राका ९ समुह प्रतिस्पर्धा गर्नेछन् । हाइजम्प, लङजम्प,सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ ।

उद्धघाटनमा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले खेलले आफ्नो व्यक्तित्व बिकास गर्नुका साथै समाज र राष्ट्रलाई योगदान गर्ने अवसर मिल्ने बताए ।

राष्ट्रपति रनिङ शिल्डले रोशीको विद्यालयहरूमा उत्कृष्ट खेलाडीहरू उत्पादन गर्न सफल भएको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवाले बताए ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले गाउँपालिकालाई जिल्ला, प्रदेश र राष्ट्रमै स्वर्ण अक्षरले लेख्ने गरी खेल प्रस्तुत गर्न आग्रह गरे ।

जिल्ला खेलकुद बिकास समिति काभ्रेका अध्यक्ष मानबीर लामाले खेलमा हारेपनि स्वास्थ्यमा जहिल्यै पनि जित्ने भएकाले खेल मानव जीवनमा महत्वपूर्ण रहेको बताए ।

वडा नं. ७ का अध्यक्ष अशोक गौतमले खेलले व्यक्तिमा अनुशासन पैदा गराउने बताए ।


प्रतिक्रिया दिनुहोस