बेथानचोकस्तरीय `राष्ट्रपति रनिङ शिल्ड´प्रतियोगितामा पार्वती र भुमिमातालाई सफलता

नौलो समाचार संवाददाता
२०८० पौष १५, आईतबार मा प्रकाशित १७३ पटक पढिएको
बेथानचोकस्तरीय `राष्ट्रपति रनिङ शिल्ड´प्रतियोगितामा पार्वती र भुमिमातालाई सफलता

च्याम्राङबेंशी । बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ पार्वती माध्यमिक विद्यालय तथा छात्रातर्फ भूमिमाता माध्यमिक विद्यालय प्रथम भएका छन् ।

गाउँपालिका वडा नं. १ को च्याम्राङबेंशीमा भएको प्रतियोगितामा छात्रतर्फ चक्रेश्वर माध्यमिक विद्यालयले र छात्रातर्फ सरस्वती माध्यमिक विद्यालय पार्थलीले दोस्रो स्थानमा चित्त बुझाए । तृतीय स्थानमा छात्रतर्फ भिमसिनेश्वर माध्यमिक विद्यालय तृतीय भयो भने चक्रेश्वर माध्यमिक विद्यालयले छात्रातर्फको तेस्रो स्थान आफ्नो पोल्टामा परेको छ । गाउँपालिका भित्रका १० वटै माध्यमिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

विजयी विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले स्थानीय स्तरमा हुने प्रतियोगिताले प्रतिभा उत्पादन हुने भएकाले प्रतियोगिताको विशेष महत्व रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले नयाँ प्रतिभाको खोजी हुनु, अवसर पाउनु र पुरानाहरू निखारिदै जानुले समग्र देशको खेलकुदमा योगदान बढ्ने भएकाले प्रतियोगिताको उद्देश्य प्रतियोगिताले नै पूरा गर्न सक्ने बताइन् ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुसुधन तिमल्सिनाले यस वर्षको प्रतियोगिता सम्पन्न गर्नका लागि वडा नं. १ लाई मौका दिएकोमा गाउँपालिकाप्रति आभार व्यक्त गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गरे ।

बेथानचोक गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको संयोजन चक्रेश्वर माध्यमिक विद्यालयले गरेको थियो ।

बिजेता टिमहरुलाई स्थानीय संघ संस्थाले नगद पुरस्कारसमेत प्रदान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस