धुलिखेलमा एक सातासम्म रेफ्रि कोर्ष सञ्चालन हुने

नौलो समाचार संवाददाता
२०८० पौष २७, शुक्रबार मा प्रकाशित ६०८ पटक पढिएको
धुलिखेलमा एक सातासम्म रेफ्रि कोर्ष सञ्चालन हुने

धुलिखेल \ धुलिखेलमा एक सातासम्म रेफ्रि प्रशिक्षण (कोर्ष) सञ्चालन हुने भएको छ ।

बागमती प्रदेश फुटवल संघले माघ २१ गतेदेखि २७ गतेसम्म क्याटेगोरी ४ रेफ्रि कोर्ष सञ्चालन गर्न लागेको अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेश खेलकुद परिषदको बिशेष सहयोग र अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने प्रशिक्षणबाट दक्ष, शारीरिक एवं मानसिक रुपमा तन्दुरुस्त जनशक्ति उत्पादन हुने आयोजकको अपेक्षा छ ।

रेफ्रिहरुलाई फुटबल सम्बन्धि आधारभुत सीप र प्रबिधीको बिकास गर्नुका साथै मैदाब भित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने व्यवहारिक र सैद्धान्तिक ज्ञान दिइनेछ ।

१८ बर्ष देखि ३५ बर्ष सम्मका खेलाडी, पुर्व खेलाडी र फुटबल खेलसंग आवद्ध व्यक्ती प्रशिक्षणमा सहभागी हुन सक्नेछन् ।

सैद्धान्तिक र प्रयोगात्मक परिक्षामा उतिर्ण सहभागी फुटबलका जिल्लास्तरीय विभिन्न प्रतियोगिता निर्णायक हुन सक्ने आयोजकले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस