नमोबुद्ध–९ लामाडाँडामा १५ फिट अग्लो बुद्ध मुर्ति बन्ने

नौलो समाचार संवाददाता
२०८० माघ ३, बुधबार मा प्रकाशित ९७३ पटक पढिएको

नमोबुद्ध–९ लामाडाँडामा १५ फिट अग्लो बुद्ध मुर्ति बन्ने

नमोबुद्ध \ नमोबुद्ध नगरपालिका वडा नं ९ स्थित लामाडाँडामा १५ फिट अग्लो बुद्ध मुर्ति निर्माण थालिएको छ ।

वडा कार्यालयको २ लाखका साथै अन्यको सहयोगबाट बन्ने बुद्ध मुर्ति निर्माण शिलान्यास नमोबुद्ध नगरप्रमुख कुनसाङ लामाले गरे ।

लामा गुरु कर्म वाङगेल र मान लामा लगायतले पूजापाठ गरेका थिए ।

नगर प्रमुख लामाले मुर्ति निर्माणसँगै सो क्षेत्रको ऐतिहासिक महत्वका साथै पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस काभ्रेका प्रवक्ता समेत रहेका स्थानीय समाजसेवी सन्तमान तामाङले मुर्ति निर्माणको लागि १ लाख १ हजार सहयोग गरेका छन् ।

मुर्ति निर्माणको लागि अन्य व्यक्तिहरुले पनि सहयोगको प्रतिवद्धता गरेको वडाअध्यक्ष बिरबहादुर लामाले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, जनप्रतिनिधीहरुको उपस्थिती थियो ।

सोही स्थानमा नगरपालिका र वडाको पहलमा पुरातत्व विभागमार्फत विनियोजित २५ लाख लागतमा माने र स्तुपा निर्माण भइरहेको वडाअध्यक्ष लामाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस