आजबाट माध्यमिक शिक्षा परिक्षा (एसईई), काभ्रेबाट ५ हजार ९ सय ५६ सहभागी

नौलो समाचार संवाददाता
२०८० चैत्र १५, बिहिबार मा प्रकाशित ९८ पटक पढिएको

आजबाट माध्यमिक शिक्षा परिक्षा (एसईई), काभ्रेबाट ५ हजार ९ सय ५६ सहभागी
महेन्द्र माध्यमिक विद्यालय साँगा परिक्षा केन्द्रमा सहभागी हुने क्रममा विद्यार्थीहरु । तस्वीर : सामाजिक सञ्जाल

धुलिखेल / माध्यमिक शिक्षा परिक्षा (एसईई) आजबाट शुरु भएको छ ।

जिल्लाका १ सय १७ सामुदायिक विद्यालय र ७० नीजी विद्यालयबाट नियमित तर्फ ५ हजार ७ सय १९, एक्जाम्टेड तर्फ ३२ र प्राविधिक विषयका २ सय ५ जना विद्यार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका सूचना अधिकारी विन्दा भूर्तेलले जानकारी दिइन् । उनका अनुसार, ३ दृष्टिविहिन, ११ बहिरा, खुल्ला विद्यालयका १० र विद्याकुञ्ज अनौपचारिक स्कुलबाट १ सय ८२ जना सहभागी हुँदैछन् ।

रोशीस्थित रोशी माध्यमिक विद्यालय परिक्षा केन्द्रमा सहभागी हुने क्रममा विद्यार्थी । तस्वीर : सामाजिक संजाल

 

उनका अनुसार, ४० परिक्षा केन्द्र मध्ये ७ केन्द्रमा प्राविधिक धारका विद्यालय सहभागी छन् । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षकका साथै सुरक्षाको लागि प्रहरी परिचालन गरिएको इकाईले जनाएको छ ।

इकाई प्रमुख देवका ढकालले हालसम्म सबै परिक्षा केन्द्रमा शान्तीपूर्ण रुपमा परिक्षा सञ्चालन भइरहेको बताइन् ।

अनुपस्थित विद्यार्थीबारे तथ्याकं संकलन भइरहेको भूर्तेलले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस