बेथानचोक कप भलिवल प्रतियोगिता शुरु

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ ९, बुधबार मा प्रकाशित १२१ पटक पढिएको
बेथानचोक कप भलिवल प्रतियोगिता शुरु

ढुंखर्क / पाँचौं संस्करणको बेथानचोक कप जिल्लास्तरीय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता ढुंखर्कमा शुरु भएको छ ।

बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा शुरु भएको प्रतियोगितामा बेथानचोक गाउँपालिका ए र बि, लामाज क्लब, महांकाल गाउँपालिका ए र बि, अमरज्योति युवा क्लब, लड्केश्वर युवा क्लब, मण्डनदेउपुर नगरपालिका ए र बि, गिम्देली युवा क्लव, नयाँबस्ती युवा क्लव, दलिञ्चोक भलिवल, पाँचखाल नगरपालिका, काकाज ग्रुप, महाभारत गाउँपालिका ए र बि का साथै गौखुरेश्वर युवा क्लबसहित १८ टिम प्रतिस्पर्धा गर्नेछन् ।

ढुंखर्कस्थित पार्वती माध्यमिक विद्यालयको खेल मैदानमा हुने जेठ ९ गतेदेखि १२ गतेसम्म चल्नेछ ।

प्रथम हुने टोलीले नगद ८० हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाको स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिनाले बताए । बेष्ट डिफेन्स, बेष्ट सेटर, वेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट रेजर, म्यान अफ दि म्याचका साथै सर्वोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष एवं नेपालका प्रथम अन्तराष्ट्रिय भलिवल रेफ्री गौतमप्रसाद लासिवाले स्थानीय सरकारले खेलकुदमा पर्याप्त लगानी गर्न आवश्यक रहेको बताए ।

यता, बुधबार भएको उद्घघाटन खेलमा टिम बेथानचोकले महांकाल गाउँपालिका माथि विजय हासिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस