सगरमाथा दिवसमा ‘वाल क्लाइम्विङ’

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १२, शनिबार मा प्रकाशित १६७ पटक पढिएको
सगरमाथा दिवसमा ‘वाल क्लाइम्विङ’

काठमाडौं /  प्रत्येक वर्ष मे २९ तारिखमा मनाइने राष्ट्रिय सगरमाथा दिवस अवसरमा बालबालिकाहरुले ‘वाल क्लाइम्विङ’ गरेका छन् ।

सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिङ शेर्पाले सगरमाथा हिमालको सफल आरोण गरेको सम्झना तथा विश्वकीर्तिमान सगरमाथा आरोही कल्पना महर्जनले सन् २०१९ मा सफलतापूर्वक सगरमाथा आरोहण गरी ललितपुर महानगरपालिकाको लोगो अंकित झण्डालाई सगरमाथामा फहर्याएको सम्झनामा ललितपुर महानगरपालिका वडा नं २६ को बालअधिकार समितिले बालबालिकाहरुलाई धुम्बाराहीस्थित पासाङ ल्हामु क्लाइम्विङ सेन्टरमा स्पोर्टस् क्लाइम्विङ बारे जानकारी समेत दिने उद्देश्यले ‘परिचयात्मक कार्यक्रम’ आयोजना गरेको हो ।

यता गोदावरी नगरपालिका वडा नं ८ स्थित गणेश माध्यमिक विद्यालयले गरेको वाल क्लाइम्विङ प्रतियोगितामा प्रथम स्थान दिपेश दनुवार, दोस्रो स्थान अरुण दनुवार र तेस्रो स्थान दिपेन्द्र दनुवारले हासिल गरे । छात्रातर्फ प्रथम स्थान सनशीला तामाड, दोस्रो स्थान सरिता(इन्द्र) दनुवार र तेस्रो स्थानमा मरियम थोकरले हासिल गरे ।


प्रतिक्रिया दिनुहोस