मदरल्याण्ड ट्यालेन्ट फेस्ट नृत्यको उपाधी एप्रिल र स्तुतीलाई

नौलो समाचार संवाददाता
२०८२ चैत्र १०, मंगलबार मा प्रकाशित ३०७ पटक पढिएको

मदरल्याण्ड ट्यालेन्ट फेस्ट नृत्यको उपाधी एप्रिल र स्तुतीलाई

भक्तपुर / मदरल्याण्ड (प्रतिभा महोत्सव) ट्यालेन्ट फेस्ट २०८२ को नृत्यतर्फको उपाधी सिनियरतर्फ एप्रिल सिल्पकार र जुनियरतर्फ स्तुती रानामगरले जितेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं ९ भातेढिकुर (बाचामारी) स्थित मदरल्याण्ड स्कुलले आयोजना गरेको मदरल्याण्ड ट्यालेन्ट फेस्ट–२०८२ को नृत्यतर्फ सिनियरमा एप्रिल र जुनियरतर्फ स्तुतिले उपाधी जितेका हुन् । गायनमा जुनियरतर्फ जेसिक नेपाल र सिनियरतर्फ न्युरोन लोहोलाले उपाधी जितेका छन् ।

गायनतर्फ फस्ट रनरअप कुशल घिमिरे, सेकेण्ड रनरअप विजेता सनुप दाहाल, थर्ड रनरअप ईभा सुकुभट्टु र फोर्थ रनरअप प्रिन्स थापा भएका छन् । सिनियर तर्फ फस्ट रनरअप आयन योन्जन, सेकेण्ड रनरअप पूर्णिमा खत्री, थर्ड रनरअप आयनजगं कटवाल र फोर्थ रनरअप उपविजेता लकिशा भण्डारी भएका छन् ।

नृत्यमा जुनियर तर्फ फस्ट रनरअप यशिका प्रधान, सकेण्ड रनरअप रूगोशा नेपाल, थर्ड रनरअप रियान्श बोहरा र फोर्थ रनरअप रक्षिका कासुला भएका छन् । सिनियर विधामा फस्ट रनरअप झरणा देउवा, सेकेण्ड रनरअप जेशिका श्रेष्ठ, थर्ड रनरअप जेनिशा तामागं र फोर्थ रनरअप ऋुतु तामाङ हुन सफल भएका थिए ।
मदरल्याण्ड ट्यालेन्ट फेस्टमा कक्षा १ देखि ७ सम्म अध्ययनरत विद्यार्थाहरुले जुनियर र सिनियरतर्फ प्रतिस्पर्धा गरेका थिए ।

सुर्यविनायक नगपालिका शिक्षा शाखा प्रमुख रत्न कटवालले प्रतिभा पहिचान जस्तो कार्यक्रम अभिभावकहरुलाई उपस्थित गराई प्रस्तुतिकरण गराएकोमा प्रसंशा गर्दै विद्यालयले आयोजना गर्नेे यस्ता विविध कार्यक्रम विद्यार्थीका लागि लाभदायक हुने तर्क गरे ।

विद्यालयका कार्यकारी प्रमुख शर्मिला देउजाले विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम प्रभावकारी बन्ने बताउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिदै अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले जोड दिदै आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस