काठमाडौंमा १ सय ९० भन्दा बढी पत्रकारहरुको पीसीआर परीक्षण

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ६, मंगलबार मा प्रकाशित ४०७ पटक पढिएको

काठमाडौंमा १ सय ९० भन्दा बढी पत्रकारहरुको पीसीआर परीक्षण

जेठ ६, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै फ्रन्ट लाइनमा रहेर काम गर्ने पत्रकारहरुको पनि पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

नेपाल पत्रकार महासंघको पहलमा कोरोना भाइरसको जोखिमकाबीच नियमित रिपोर्टिङमा रहेका पत्रकारहरुको नमुना संकलन गरिएको हो।

अाज (मंगलबार) महासंघको कार्यालय परिसरमा १ सय ९० भन्दा बढी पत्रकारहरुको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ।

पछिल्लो समय विभिन्‍न जिल्लाहरुमा फ्रन्ट लाइनमा रहेर रिपोर्टिङ गर्दै आएका पत्रकारहरुमा समेत संक्रमण भएको पाइएपछि उपत्यकामा पनि पत्रकारहरुको परीक्षण गरीएको महासंघले बताएको छ।


प्रतिक्रिया दिनुहोस