तालिबानले देश कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३१, आईतबार मा प्रकाशित १२१९ पटक पढिएको

तालिबानले देश कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे

साउन ३१, एजेन्सी। तालिबान फौज राजधानी काबुल प्रवेश गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्।

उनले आफ्नो कोर टिमसहित अफगानिस्तान छाडेका हुन्। उनी अफगानिस्तानबाट भागेर ताजिकिस्तान पुगेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

यसअघि उनले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार रहेको जानकारी दिएका थिए।

तालिवान समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाउन थालेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार भएका थिए।

तालिवान प्रतिनिधिसँगको भेटपछि घानी तालिवानीलाई सत्ता सुम्पन राजी भएका थिए। यद्यपि नेटोलगायत अमेरिकी सैन्य अधिकारीहरुसँगको छलफलपछि घानीले देश छाडेका हुन्।






प्रतिक्रिया दिनुहोस