रुसद्वारा काेराेना भेरियन्ट ‘ओमिक्रोन’विरुद्धको खोप बनाउन शुरु

नौलो समाचार संवाददाता
२०७८ मंसिर १४, मंगलबार मा प्रकाशित ५५३ पटक पढिएको
रुसद्वारा काेराेना भेरियन्ट ‘ओमिक्रोन’विरुद्धको खोप बनाउन शुरु

मंसिर १४, एजेन्सी। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ।

रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ।

केन्द्रका अधिकारीहरुले कोरोनाभाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन्। उनीहरुले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाडै नै हुने सक्ने विश्वास पनि व्यक्त गरेका छन्।

ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने उनीहरुकाे भनाइ छ।


प्रतिक्रिया दिनुहोस