आयुर्वेद उपचार सेवा लिने बढ्दै, दृष्टिकोण भने फेरिएन

नौलो समाचार संवाददाता
२०८० आश्विन २५, बिहिबार मा प्रकाशित २७४ पटक पढिएको
आयुर्वेद उपचार सेवा लिने बढ्दै, दृष्टिकोण भने फेरिएन

बनेपा / प्राकृतिक उपचार पद्धती मानिने आयुर्वेदिक उपचार सेवा लिनेको संख्या बढेपनि दृष्टिकोण भने फेरिएको छैन । ‘परम्परागत र ढिलो निको हुने’ भन्दै मानिसहरु आयुर्वेदिक उपचारमा कम चासो दिन्छन् । व्यक्ति र राज्यको दृष्टिकोष समेत ‘फरक’ हुँदा यसले गति लिन सकेको छैन ।

‘विगतका बर्षभन्दा यो बर्ष सेवा लिनेको संख्या बढेको छ, तर सेवाका प्रकार बढेका कारण संख्या बढेको हो,’ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेमा कार्यरत आयुर्वेद चिकित्सक डा. वशंंवदम्वा कौण्डिन्यायनीले भनिन्, ‘व्यक्ति र राज्य समेतको दृष्टिकोण फरक छ, सोही कारण अझ प्रभावकारी बनाउन सकिएको छैन ।

उनका अनुसार, आर्थिक बर्ष २०७९/८० मा ३१ हजार ७ सय ४२ जनाले बहिरंग सेवा लिएका छन् । ५ सय ३१ जनाले स्नेहन, स्वेदन अन्तर्गत ५ सय ६४ जनाले एकांग, ४६ जनाले सर्वागं, ९ जनाले नस्य , ५ जनाले शिरोधारा, २७ जनाले स्थानिक भास्ती, ३ हजार ४ सय ८७ जनाले थेरापेटिक योगा, १ हजार ९ सय ५६ जनाले प्रवद्र्धनात्मक योगा, १ हजार ४१ जनाले अक्युपञ्चर, ७३ जनाले अक्युप्रेसर, २ सय ६७ जनाले कपिङ सेवा लिएको केन्द्रले जनाएको छ । ६ सय ४८ जना स्तनपायी आमालाई दुधवद्र्धक खानेकुरा, ९ हजार ६३ जना जेष्ठ नागरिकलाई सेवा र २ हजार १ सय ११ वटा प्रयोशाला परिक्षण समेत गरिएको छ । जिल्लाको धुलिखेल, दाप्चा, मंगलटार र बालुवामा रहेको आयुर्वेदिक औषधालय र बेथानचोक, भुम्लु, पनौती र मण्डनदेउपुरमा रहेका नागरिक आरोग्य केन्द्रमार्फत पनि सेवा दिइरहेको छ ।

आयुर्वेद चिकित्सक कौण्डियायनीले श्रोत र साधन अभावको कारण सेवा विस्तार गर्न सम्भव नभएकोे बताइन् । ‘सिमित श्रोत र बजेट छ, निशुल्क आउने २३ प्रकारका औषधी पनि सिमित छ, माग अनुसार आपुर्ति हुदैन,’ उनले भनिन्, ‘सिमित रिअजेन्टका कारण भनेजसरी प्रयोगशाला परिक्षण सेवा समेत दिन सकेका छैनौं ।’

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ‘प्रतिअसर नहुने, प्राचिन उपचार पद्धती’ को बारेमा जनचेतना जगाउन आवस्यक रहेको बताइन् । आयुर्वेदिक उपचार सेवा विस्तारको लागि स्थानीय तहले पनि भुमिका खेल्नुपर्ने भन्दै उनले सरोकारवाला सबैसमक्ष यसबारे जानकारी पु¥याउनुपर्ने बताइन् । सेवा लिनेको संख्या बढाउनको लागि प्रचार प्रसार गर्नुपर्ने र घुम्ती सेवा दिनुपर्ने उनको सुझाव छ ।

कविराज निरिक्षक प्रताप लामाले आयुर्वेद स्वास्थ्य केन्द्रमा पनि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम लगायतका महत्वपूर्ण कार्यक्रम लागू भएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस