मोबाइल एपबाटै यसरी भगाउनुहोस् लामखुट्टे

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ९, सोमबार मा प्रकाशित १३८० पटक पढिएको
मोबाइल एपबाटै यसरी भगाउनुहोस् लामखुट्टे

जेठ ९, काभ्रे। गर्मीयाममा लामखुट्टे भगाउन हामी प्रायजसो धुप र लिक्विड बाल्ने गर्छाैं । यसबाट आउने गन्धले लामखुट्टे भाग्ने गर्छ । बजारमा लामछुट्टे भगाउने गरी आवाज निकाल्ने इलेक्ट्रिक डिभाइस पनि पाइन्छ ।

तर, स्मार्टफोन प्रयोगकर्ताले भने मोबाइल एपबाटै लामखुट्टे भगाउन सक्छन् । अधिकांश एपमा प्रयोग भएको प्रविधि भनेको अल्ट्रा साउण्ड नै हो । यस्तो आवाज मानिसहले सुन्न सक्दैनन्, तर लामखुट्टेसहित किराहरुले सुन्छन् ।

लामखुट्टेलाई यसको आवाज मन पर्दैन, जसरी मानिसलाई लामखुट्टेको आवाज मनपर्दैन । एन्ड्रोइड स्मार्टफोनमा यस्ता खालका धेरै एप छन् । जसले लामखुट्टे भगाउन सहयोग गर्छन् ।

यस्ता एप अफलाइन चलाउन मिल्छ र आवाजको माध्यमबाट लामखुट्टे धपाउन सकिन्छ । आईओएस डिभाइसमा पनि एन्टी मस्क्युटो सोनिक रिपेलरसहितका एपहरु छन् ।

छोटाे समयको लागि लामखुट्टे धपाउन यस्तो एप उपयोगी हुनसक्छ । तर, लामो समयसम्म धपाउनको लागि भने चार्जरसँगै राख्नुपर्ने हुन्छ । यी एपले निकाल्ने आवाजले मानिसलाई धेरै डिस्डर्ब गर्दैनन् । तर लामखुट्टेलाई यस्तो आवाज मन नपर्ने भएकाले वरपर आउँदैन ।

प्रयोगकर्ताले एन्ड्रोइडको प्ले स्टोर र आईओएसको एप स्टोरमा मस्क्युटो रिपेलर (mosquito repeller) टाइप गर्दा यस्ता एपहरुको सूची देख्न पाइन्छ । तीमध्ये धेरै प्रयोगकर्ताले प्रयोग गरेका र राम्रो रेटिङ भएका एप डाउनलोड सकिन्छ।

प्रतिक्रिया दिनुहोस