आजको राशिफल : सिंह उत्तम, कुम्भ राम्रो

नौलो समाचार संवाददाता
२०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ३५७ पटक पढिएको

आजको राशिफल : सिंह उत्तम, कुम्भ राम्रो

बैशाख २५ गते बिहीबार ।

मेष : दिन अत्युत्तम छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । प्रियजन भेटिनेछन् । मनोरञ्जनमा समय जानेछ ।

वृष : दिन उत्तम छ । कार्य प्रगतिमा गति थपिनेछ । शत्रु परास्त हुनेछन् । आत्मबल बढ्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।

मिथुन : दिन राम्रो छ । स्वास्थ्य सबल रहनेछ । आफ्नो उत्कृष्ट मूल्याङ्गन हुनेछ । निर्णय क्षमता बढ्नेछ । बौद्धिक काम हुनेछ ।

कर्कट : दिन प्रतिकूल छ । प्रत्येक काममा सावधानीको आवश्यकता महसुस हुनेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।

सिंह : दिन उत्तम छ । चिन्तन प्रधान काम गरिनेछ । यश, कीर्ति मिलनेछ । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ ।

कन्या : दिन अनुकूल छ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । खानपानका परिकार मिल्नेछ । स्वास्थ्य तन्दुरुस्त रहनेछ ।

तुला : दिन भाग्यवर्धक छ । पढाइ लेखाइ हुनेछ । अनुकूल परिणाम मिल्नेछ  । उत्साहपूर्ण कार्य सम्पादन हुनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ ।

वृश्चिक : दिन प्रतिकूल छ । खर्च बढ्नेछ । व्यवहारिक समस्याले पिरोल्न सक्नेछ । अनपेक्षित कामले समय लिनेछ ।

धनु : दिन उत्तम छ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ । आदार सत्कार मिल्नेछ ।

मकर : दिन सन्तोषजनक छ । कार्य प्रगतिमा गति थपिनेछ । उदारतामा वृद्धि हुनेछ । रमाइलो कार्यव्रmममा सहभागी भइनेछ ।

कुम्भ : दिन राम्रो छ । धार्मिक क्षेत्रमा नेतृत्व बढ्नेछ । योजना अनुसार कार्यक्रम तय हुनेछ । तीर्थव्रत गरिनेछ । मनमा सन्तोष मिल्नेछ ।

मीन : दिन प्रतिकूल खालको छ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । ठूलो योजनाको काम नगर्नु नै बुद्धिमानी हुनेछ ।


प्रतिक्रिया दिनुहोस